Friday, 24 April 2020

कविता- "दृष्टिकोण"

आकाशबाट एउटा तारा खस्यो-
देख्नेहरूले परेला दान गरे।
जो जसले देखेनन्,
उनीहरूको परेला खस्नबाट जोगियो।

देख्न पाउनु पनि सधैं भाग्य हुँदैन,
जस्तो कि- वर्तमान ताण्डव नृत्य।

- सुमन भट्टराई

No comments:

Post a Comment