खासै नौलो बाटो त हिँडेको हैन!
उही गाउँको चञ्चल रैथाने म,
उही गाउँको अचल गोरेटो-
लाग्छ-आँखा चिम्लेरै हिँडिदिन सक्छु;
गोडाहरूले आवश्यक लय पक्रिसकेका छन्।
र पनि आउँछन् जुनकिरीहरू-
आफ्नै पिठ्युँ जलाएर बाटो देखाउछन्।
सायद उनीहरूलाई लाग्दो हो-
`बाटो उही भए पनि मान्छे बदलिन सक्छ!´
कोही आजै पो मेरो शत्रु बन्यो कि?
अनि थाप्यो कि- मेरो बाटोमा एम्बुस!!
©सुमन भट्टराई।
No comments:
Post a Comment