Sunday, 12 April 2020

कविता- `उनी को हुन्?´

गदगद हुँदै उनले `छोरा´ भनिन्;
उसले `आमा´ भनेन,
न त खुसी नै भयो!

बरु खन्नियो वाचम्यान माथि-
`कसरी घरभित्र पस्यो यो पलाँसको कप्टेरो?´

उनका शव्दहीन आँखाले अर्थहीन आँसु किन खसाले कुन्नि?

धर्मराएका पाइलाहरू लतारिँदै फर्किए उही बाटो;
अब उनी जसरी पनि पुग्नु छ गाउँ,
र पुनः उठाउनु छ ढलेको झुपडी-

सासलाई कतै न कतै त बास दिनै पर्यो...!

©सुमन भट्टराई।

No comments:

Post a Comment