Wednesday, 31 July 2019

गजल

भनेथे    कसैले   गरौँ   भर  चराको
कहाँ  रैछ  अड्डा,  कहाँ  घर चराको

कहाँ   सम्म   जाला   पराया   बनेर?
छ  घैया  यतै  नै  छ  फापर चराको!

पिडा  हुन्न होला कि दिल  छैन दुख्ने
नभा'खै  नयन माझ सागर  चराको?

यिनै  छन्  उडेका  परै  भागि  भागि
समिप  रैछ मान्छे,  र पो डर चराको

खुबै  लाज  ढाक्ने रहर जो छ तिम्रो
कहीँ  छैन   बुर्का   र घाँगर चराको!

नोट: भुजङ्गप्रायात छन्द

@सुमन भट्टराई।

No comments:

Post a Comment