Thursday, 7 May 2020

भ्यागुताहरू

भ्यागुताहरूका लागि कुवा नै समुन्द्र। सम्पूर्ण भूगोल नै कुवा हो। वल्लो छेउको भ्यागुतो `म ठूलो हूँ´ भन्छ। पल्लो छेउको भ्यागुतो पनि झुक्न चाहँदैन। कुनै दिन भ्यागुताहरूको दिलको कुवामा घाम लाग्यो भने ट्याप्याक्कै मिल्छन् पनि। फेरि यस्तो दिन पनि आउँछ, उनीहरूकै मनलोकको चट्याङले छुट्याउन खोज्छ उनीहरूलाई। टुक्रिन्छन्, छुट्छन्, तहसनहस हुन्छन्। वरिपरिका अरु ससाना माछाहरूलाई उनीहरूको उचाली-पछारी कुनै सर्कसको जादूभन्दा फरक लाग्दैन।

No comments:

Post a Comment