Wednesday, 24 June 2020

गजल 😍

केही दिन घरमा, केही दिन वनमा बस्नु!
राम लीला  बुझ्न रामकै आसनमा बस्नु!

सबैले  चिनुन्,  सबैले  चाखुन्- भन्छ्यौ!
दही   बन्नु,   दहीको    खर्पनमा    बस्नु!

पिंजडामा    थियो,    पिंजडामै    मर्यो!
आखिर कहिले  सम्म   बन्धनमा  बस्नु!

कमललाई   हेर्नु, अनि  पत्थरलाई  हेर्नु!
मान्छेले    मानवीय    वजनमा     बस्नु!

कोइली बन, गीत चैँ मलाई मात्रै सुनाउ!
सजिलो   छैन   मेरो   चिन्तनमा   बस्नु!

©सुमन।

No comments:

Post a Comment