I couldn't say, "I love you!"
hear her voice
in the air.
coming closer and closer;
NEPAL
"My country is the land of Gautam Buddha and Mt. Everest." This is all what we have as identity which we are carrying for many centuries. And we bloody fool people living under the shade of this country are supposed to be proud being Nepali citizen. We don't need economic prosperity, actually we don't want to have an amazing life. Subsistence and survival! Bitter but TRUE! We overemphasise this agenda and survive under the absolute poverty line. We don't have food to fill our stomach and still we are singing "Proud to be Nepali!" Hell YEAH... but NO!!
It's been over three months since I am searching for a job to feed my belly and wear on some warm clothes for my winter. I am an educated person who can work under any pressure. But the fact is I have to be someone's cousin or cousin's friend; someone's brother or in law or close friend to get a job. My academic qualification and my work experience doesn't work, but I have to be 'HIS RELATIONSHIP'. This serves but not anything else.
Because of my joblessness, I am frustrated either I will be surviving in this city or not. What a pathetic situation one goes through when he doesn't have money to spend and bread to fill his belly! I had once pioneered one principle, "We sell bread to earn bread." But now I have come to realise that we can't always sell the bread. It demands someone's permission to do so. Otherwise, this earth can be no earth for you at all to live and cheer up the moments. This is all I want to say!!
"Tomorrow, the birds will sing! Be Brave!! Face LIFE!!!" A quote I saw in the film CITY LIGHTS. Long live Mr. Charlie Chaplin!!
Bloody LIFE! I can't resign you. So, this is what I am hoping to happen TOMORROW!!
"Tomorrow, the birds will sing! Be Brave!! Face LIFE!!!"
कलेजबाट फर्किँदा अलिक ढिला भएको थियो। दिनभर पानी परेर झिँझो लाग्दो बनेको दिन एक्कासि गरम भयो। क्षितिजमा अनौठो चमक देखियो। एकछिन अगाडि माईक्रोमा भोग्नु परेका दिक्दारी पनि क्षणभरमै भुलेँ।
दादा-भाउजू पनि म घर पुगेको केही छिन पछि आईपुग्नु भयो। ठट्टाको भाषामा मस्कुराउँदै भाउजूले सुनाउनु भयो, "कान्छी दिदिले छोरो जन्माउनु भयो नि, कान्छा!"
मैले पत्याइनँ। उत्तिनै खेर भनेँ,"जन्माउनु भएर बल्ल मैले थाहा पाउने पनि कहीँ कुरा हुन्छ? व्यथा लाग्न थाल्नेबित्तिकै खवर आउँछ मलाई। आखिर अस्पतालमा कुरुवा नै मै बस्ने हो।"
यसरी जिस्किँदा जिस्किँदै डिनर टाइम भयो। त्यस्तै आठ बज्न लाग्दा हामी मसरुम सुपमा बोइल्ड एग मिसाएर खाँदै थियौँ। मेरो फोनको रिङटन मेरो कानमा ठोक्कियो। हतारँदै फोन हेरेँ, कान्छो भिनाजुले गर्नु भएको रहेछ। हतारिँदै रिसिभ गरेँ र हेलो पनि नभनी एकै सासमा सोधेँ,"कता हुनुहुन्छ भिनाजु?"
"सुमन! सुन न म दिदिलाई व्यथाले च्यापेर उसलाई लिएर अस्पताल आको छु। लौ न, हामीलाई साथी आइदिनु पर्यो।" भिनाजुले पनि एकै सासमा आफ्ना पुकार सुनाउनु भयो।
नभन्दै दिदिलाई व्यथा लागेको कुरा मैले नैँ पहिले थाहा पाएँ र म नै अस्पताल जाने भएँ। हतारिएर `मैले जितेँ´ को भाषामा दादा-भाउजुलाई सुनाएँ, "दिदिलाई व्यथाले च्याप्यो र म अस्पताल जानुपर्ने भयो। लौ दाजु मलाई बाईकमा अस्पतालसम्म पुर्याइदिनु!"
दाजुले उहाँलाई पनि अस्पतालमा बस्न मन भएको रहर जारी गर्नुभयो। घरमा भाउजू एक्लै हुनुहोला भनेर मैले "म गएसि हुन्छ अहिलेलाई, हजुरहरू बिहानु आउनु न!" भनेँ।
दुवैेले स्विकारोक्ति जनाउँदै गर्दा भाउजू भने मैले झैँ जित्न चाहनु भयो, हार्न चाहनु भएन। भन्नुभयो,"मैले भनेको कस्तो लाग्यो कान्छा? आखिर दिदी अब आमा हुनुहुने भयो नि मैले अनुमान गरेकै समयमा!"
मैले मुसुक्क हाँसेर उहाँको कुरा मानेँ। त्यसै समयमा हामीले छोरा कि छोरी भन्दै बाजि पनि टेक्यौँ। दाजु र मैले `छोरा हुन्छ´ भन्यौँ। भाउजुले छोरी हुने कुरामा जोड दिनुभयो। दाजुले बाजि जित्नेले पाउने अनौठो रकमको चक्र प्रस्ताव गर्नुभयो। उहाँले भाउजुतिर हेर्दै भन्नुभयो,"मैले हारेँ भने म तिमीलाई हजार रुपैयाँ तिर्छु, तिमी कान्छालाई हजार रुपैयाँ तिर र कान्छाले मलाई हजार रुपैयाँ तिर्छ।"
एकलट हामी मज्जाले हाँस्यौँ। भाउजुले जिस्किँदै दाजुलाई, "तिमी कति चलाख, बू!" भनिजानु भयो। मैले पनि भाउजुको कुरामा सहमति जनाएँ।
दाजु र म अस्पताल तिर लाग्यौँ। डक्टरले दिएको मिति असोज ३ गते थियो, आज बल्ल भदौ ३१ हुँदै थियो। दिदी अगाडि नै हलुङ्गो हुनुहुने भयो। तर मलाई कता कता अवचेतन मनमा लागिरह्यो, `म पनि असोजमा जन्मिएको, मेरो भान्जो/भान्जीले पनि असोजमै जन्म लिउन्।´
अस्पताल पुग्दा भिनाजुको अनुहार अति नै निन्याउरो देखेँ। सायद दिदिको मायाले होला। दिदीको अनुहारमा झन धेरै डर र पीडाका चित्रहरू कोरिएका थिए। यसैबीच दिदी भिनाजुलाई खानाको बन्दोबस्त गर्यौँ।
१० बजेतिर दिदि लेवर रुममा एड्मिट हुनु भयो। लेवर रुमको ढोकामा पुग्नु भएको दिदिलाइ ढाडस दिँदै भनेँ, "नआत्तिनु दिदी, सब ठिक हुन्छ।" रपनि म आँफै पनि थोरबहुत आत्तिरहेको थिएँ। भिनाजुको अनुहार अझ बढि मलिन र गम्भीर थियो। भिनाजु सोही रुमको ढोकामा बस्छु भन्नुभयो, म बाहिर आएर म्याट्रेस ओछ्याएर आराम गर्दै आधा पढेको `गुलाबी उमेर´ कन्टिन्यू गर्न थालेँ।
नभन्दै कुर्दा कुर्दै रातको १२ बज्यो र असोज १ गति पनि भयो। यसरी बच्चा असोजमा नै जन्मिने भए पछि थोरै भए पनि म फुरुङ्ग भएँ।
प्रसुति वार्ड अगाडि अस्पतालमा कुरुवा हरूको खचाखच थियो। अधिकांश कुरुवाहरू निन्याउरो अनुहार लगाइरहेका थिए। केही अस्थिर थिए। भर्खर असोज लागेको भए तापनि रातको समय भएर र दिनभर पानी परेकाले आज अलिक बढि नै चिसो थियो। त्यसै कारण केही कुरुवा जाडो मानेर सिउसिउ गर्दै बसेका थिए।
त्यसैबीच उपन्यास पढिरहेको मलाई देखेर एउटी कुरुवा दिदिले सोधिहालिन्,"बाबुको घर कता नि?"
मैले मुस्कुराउँदै जवाफ दिएँ,"उदयपुर हो दिदी।"
उनकै आमा हुनुपर्छ, अर्कि महिलाले सोधिन्,"कति ज्ञानी देखिनुहुन्छ, के पढ्दै हुनुहुन्छ बाबू?"
फुरुक्क फुर्किँदै मैले भनेँ,"उपन्यास पढ्दै छु आमा टाइम पास गर्न अलिक सजिलो होला कि भनेर।"
दिदिले भनिन्, "मेरो बुडालाई पनि असाध्यै पुस्तक पढ्नुपर्छ। पुस्तकको नशा पनि रक्सी चुरोटको जस्तै हुने रहेछ क्या।" उनले जस्तो नियतले भनेको होस् मलाई पुस्तकको नशालाई कुलत सँग जोडेको चैँ फिटिक्कै मन परेन। केही जवाफ नफर्काई मुहारमा मुस्कान कायमै राख्ने प्रयास गर्दै म फेरि उपन्यासमै लीन भएँ।
प्रसुति कक्षबाट चित्कारका आवाजहरू आइरहेका थिएँ। कति नारीहरू आफ्नै शरीर चिरेर `नयाँ खुसी´ देख्न पाउने आशा र विस्वासमा शरीरले सकेसम्मको बल गरिरहेका थिए। आमा बन्न सजिलो हुँदैन भन्ने त थाहा थियो, तर यतिसम्म गाह्रो हुन्छ भनेर चैँ पहिलो चोटि थाहा पाएँ।
मनमनै कल्पना र प्रार्थना गरिरहेको थिएँ, `मेरी दिदिले चाँडै हलुङ्गो हुन सक्नुहोस्, त्यति गाह्रो नहोस्!"
भवन नै उचाल्ने चिच्याहटहरुमाझ मन भने अति नै अस्थिर थियो। सोही कारण मेरो मनको प्रार्थनाको ध्वनी पनि मनमनै बढ्दै गईरहेको थियो, `दिदिलाई त्यतिधेरै गाह्रो नहोस्!´
बेचैनी धेरै नै बढेपछि म पनि प्रसुति कक्षको ढोकामा पुगेँ। भिनाजुले थोरै ढोका उघारिदिँदै दिदिको सैयाँतिर देखाउनु भयो। भित्र नियालेको मात्र के थिएँ, दिदी रुँदै बसेको देखेँ। मन थामि नसक्नु भयो, मुटु दुख्न पो थाल्यो।
"उफ! सिद्धि विनायक! दिदिलाई धेरै गाह्रो नहोस्, प्रभो!!"
माहोललाई सकेसम्म सामान्य बनाउने प्रयासमा भिनाजु बेला बेला ठट्टा गर्नुहुन्थ्यो तर उहाँकै अनुहार मेरो भन्दा बढि मलीनो र त्रसित थियो।
दिदी अरु आत्तिन थाल्नुभयो। दुखाइ धेरै भएर होला, भिनाजुसँग "म त आफै जन्माउन सक्दिनँ जस्तो छ, डक्टरलाई अपरेसन गरिदिनु भन्नू न!" भन्न थाल्नु भयो। उहाँ रोएको मैले त हेर्न सकिनँ। बरु आँखा चिम्लेर बाहिरै सुस्ताउनु उचित लाग्यो। भिनाजुलाई `केही पर्यो भने फोन गर्नु ल!´ भन्दै म त भागेँ।
`मनको आँत दरिलो होस्´ भनेर अस्पतालको क्यान्टिनमा गएर मैले तीन खेप कफी सुर्क्याइसकेको थिएँ। भिनाजु भने केही पनि खान मानिरहनु भएको थिएन। बरु दिदिलाई बेलाबेला सुप लगिदिइ रहनु भएको थियो। हामीले सल्लाह गर्यौँ, `बरु व्यथा लाग्ने अौषधि दिइहाले हुने!´ दिदी छटपटाइरहेको देखिरहने धैर्य नभएर यस्तो लागेको होला, नत्र त हामीभन्दा डक्टरहरू नै धेरै सिपालु हुन्छन्।
प्रतीक्षा कक्षमा बसेरै मैले `गुलाबी उमेर´ पढेर सक्काएँ। थोरै ट्र्याजिक सेन्स लगाएर हेरेँ र थोरै इन्लाइटन्ड पनि भएँ। तर मेरी दिदी अझै हलुङ्गी हुन समय लाग्यो। बच्चा प्राप्ति पछिको दिदिको इन्लाइटन्ड फेस हेर्न केही समय अरू कुर्नु पर्ने भयो।
आठ बजे बल्ल डक्टरले दिदिलाई क्रोनिक व्यथा लाग्ने अौषधि दिए। त्यतिकैमा भिनाजुको सल्लाह बमोजिम म घर आएँ। बाटोछेउछाउका बुढानिलकण्ठका खेतहरूमा झुल्न थालेका धानका गाभाहरूलाई देख्दा पनि दिदिकै सम्झना आइरहेको थियो। दिदिको बच्चा शारदीय हुन लागेकोमा मनमनै खुसी पनि भएँ।
नुहाएर आफूलाई सफा पारेँ, हलुका बनाए, अनि मनमनै फेरि भगवान पुकारेँ, `दिदिलाई छिटै हलुङ्गी बनाएदेउ प्रभो। उनको पाठेघर भित्रको वजन जति सक्दो चाँडो काखमा सरोस्! त्यो पहिलो चित्कारले दिदिको बारबारको चीत्कारलाई शान्त बनाओस्, र दिदिले मुहारमा मुस्कान फुलाउन सक्नुहोस्!´ यस्तैयस्तै चिताएँ।
अनि जब अनिँधोले गलेको शरीर ओछ्यानमा पुग्यो, भुसुक्क निदाएछु।
ट्याक्क १:४० बजेतिर फोन बज्यो। व्युँझेर हतारिँदै रिसिभ गरेँ। "सुमन, ल बधाई छ तिमीलाई, तिमी मामा भयौ।" भिनाजुले गमक्क लवजमा सुनाउनुभयो।
एकदम खुसी भएँ। हतारिँदै "म आइहालेँ!" भन्दै फोन राखेँ र सोचेँ। हो त म मामा भएँ, दादा पनि मामा नै हुनुभयो, भाउजू माइजू हुनुभयो। लक्ष्मी/सरु/अनुजा दिदी ठुलोमामु हुनभयो। शंकर/दिनेश/सञ्जय भिनाजु ठुल्बा हुनुभयो। उता भान्जाद्वय हार्दिक र सजल दादा भए, भतिज इम्रन पनि दादा भयो, भने भान्जीद्वय लीमा र अन्ना दिदी भए।
सानो भिनाजु चैँ धरतीमा पदार्पित नव शिशुको बुबा हुनुभयो। मुख्य कुरा त बच्चा जन्मिदै गर्दा दिदिले पनि नयाँ जन्म लिनुभयो- "आमा"। संसारमा सबैभन्दा जटिल काम नै आमा बन्नु हो र आनन्ददायी पनि। यस कर्ममा दिदी सफल हुनुभयो। उहाँ "मामु" बन्नुभयो।
नर्मल अवस्थामै बेबी बर्थ गराउन सक्नुभयो। यसरी नयाँ खुसी हेर्न, देख्न र भेट्न हतारिँदै-अतालिँदै म अस्पताल पुँगे। सबैले सबैसँग गला मिलाएर `नव खुसी´को स्वागत गर्यौँ।
"कान्छे! मलाई बहुत बधाई!! तिमी `कान्छे´ आमा मात्र भइनौ, म `कान्छे´ मामा पनि भएँ। अनि यिनी नव कान्छे मेरा भान्जा र तिम्रा छोरा भए।" दिदि पनि पीडाहरू भुल्न खोज्दै मुसुक्क कमल फुलिदिनु भयो।
कस्सम त्यतिबेला, मजति खुसी कोही भएन जस्तै लाग्यो, भिनाजु जति खुसी पनि कोहि भएन जस्तो लाग्यो। र दिदी मामु हुँदा उहाँजति खुसी झन कोही भएन जस्तो लाग्यो। यसरी हामी सबै `नव खुसी´ साक्षात्कार गर्न पाउँदा बराबरी धेरै खुसी भयौँ।
©सुमन भट्टराई।
😍😍😍
`तौलिया´
जुन तौलियाले
दुनियाँको मुहार पुछ्यो
पाउ-पाखुरा पुछ्यो
त्यही तौलियाले
आफू अडिएको
किल्लामा लागेको खिया
कहिल्यै पुछ्न सकेन!
@सुमन भट्टराई
`शुभारम्भ´
उकालो चढ्दै गरेका पाइला
कतै रोकिए भने सोच्नू
उकालो ओरालो हो-
हिड्न सजिलो पर्छ।
माया बद्लियो भने सोच्नू
घृणा माया हो
र, माया घृणा हो-
सहन सजिलो पर्छ।
चर्पी बसिरहेको बालकले
`शौचालय स्वर्ग हो!´
नभन्ला भन्न सकिन्न-
जहाँ ऊ असीमित आनन्द पाउँछ।
खेस्रा टिप्दै गरेको लेखक
साफी एकदिन अवस्य बनाउँछ
जरुर विश्वास गर्नू-
हरेक रुख विरुवा जन्मिन्छ।
चड्कन हानेर नदुखाउनु आफूलाई
बरु उकास्नू पौरखी बन्न
सुरुवात नै नगर्नु पो मर्नु हो-
आज जिउनु त भविष्य जन्मिनु हो!
©सुमन भट्टराई