Friday, 2 August 2019

गजल

यसरी   पनि    मुस्कुराउन   सकिन्छ
बूढो  वृक्षले   घर  बनाउन   सकिन्छ

रातो  माटो  लाई   खरिद  गर्नु  पर्दैन
जसले तिम्रो सिउँदो रङ्गाउन सकिन्छ

यस कारण  म   रोएर  पनि  खुशी छु
म  रुन्छु  ऐनालाई  हँसाउन  सकिन्छ

जतन साथ  राखि राख्नू मेरा पत्रहरू
भोलि जहाज बनाई उडाउन सकिन्छ

सकिँन्न  त  केवल जानेलाई फर्काउन
हर-रात  दियो  त  जलाउन  सकिन्छ
©सुमन भट्टराई।
(२०७२/१२/२४)

No comments:

Post a Comment