`शुभारम्भ´
उकालो चढ्दै गरेका पाइला
कतै रोकिए भने सोच्नू
उकालो ओरालो हो-
हिड्न सजिलो पर्छ।
माया बद्लियो भने सोच्नू
घृणा माया हो
र, माया घृणा हो-
सहन सजिलो पर्छ।
चर्पी बसिरहेको बालकले
`शौचालय स्वर्ग हो!´
नभन्ला भन्न सकिन्न-
जहाँ ऊ असीमित आनन्द पाउँछ।
खेस्रा टिप्दै गरेको लेखक
साफी एकदिन अवस्य बनाउँछ
जरुर विश्वास गर्नू-
हरेक रुख विरुवा जन्मिन्छ।
चड्कन हानेर नदुखाउनु आफूलाई
बरु उकास्नू पौरखी बन्न
सुरुवात नै नगर्नु पो मर्नु हो-
आज जिउनु त भविष्य जन्मिनु हो!
©सुमन भट्टराई
गहन
ReplyDeleteThank you Da! 😘😘
DeleteSplendid!!
ReplyDeleteThank you Sathi!! 😍😍
Delete