कहाँ सम्म जाला पराया बनेर?
छ घैया यतै नै छ फापर चराको!
छ घैया यतै नै छ फापर चराको!
पिडा हुन्न होला कि दिल छैन दुख्ने
नभा'खै नयन माझ सागर चराको?
नभा'खै नयन माझ सागर चराको?
यिनै छन् उडेका परै भागि भागि
समिप रैछ मान्छे, र पो डर चराको
समिप रैछ मान्छे, र पो डर चराको
खुबै लाज ढाक्ने रहर जो छ तिम्रो
कहीँ छैन बुर्का र घाँगर चराको!
कहीँ छैन बुर्का र घाँगर चराको!
नोट: भुजङ्गप्रायात छन्द
@सुमन भट्टराई।